जनरल इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन अनुमति पायो



काठमाडौंः जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै कम्पनीले केही दिनमा नै सार्वजनिक सूचना जारी गरेर निष्काशन गर्नेछ ।
प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले शो पत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले बीमा समितिबाट दुई वर्षअघि निर्जीवन बीमा व्यवसायका लागि अनुमति दिएको थियो । समितिले तीनवटा निर्जीवन बीमा कम्पनीलाई दुई वर्षअघि अनुमति प्रदान गरेको थियो ।

तीनमध्ये अजोडले प्राथमिक शेयर निष्काशन गरिसकेको छ भने सानिमा धितोपत्र बोर्डको अनुमति कुरेर बसेको छ । बोर्डका अनुसार सानिमाको आइपिओ अनुमति पनि अन्तिम चरणमा पुगेको छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्