‘लिन आउँछु भन्थ्यौं’ भन्दै पूजाको छमछमी



काठमाडौं : नायिका पूजा शर्माको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

पूजासँगै राज कटुवालको समेत अभिनय रहेको ‘लिन आउँछु भन्थ्यौ’ बोलको म्युजिक भिडियो बिहीवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

डान्सिङ नम्बरमा तयार पारिएको यस गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् ।

गीतमा उर्मिला लाम्गाडेको स्वर सुन्न सकिन्छ भने दिग्गज धौरालीले शब्द कोरेका छन् । यस्तै गीतमा संगीत भर्ने काम अर्जुन पोखरेलले गरेका छन् ।

भिडियोमा कविराज गहतराजको निर्देशन देख्न सकिन्छ भने सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्