भक्तपुर हत्या प्रकरण : श्रीमती-छोराको हत्या गरी आत्महत्या !



भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ कुण्डोलस्थित एक घरमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्या गरि सुदिप अधिकारीले आत्महत्या गरेको हुनुसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर ३६ वर्षीय सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो ।

दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा तीन जनाको शव भेटिएको थियो ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । सम्झना र सुशान्तको मृत्यु दुई दिन पहिले नै भएको पाइएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो भने भित्तामा रगतको छिर्का देखिएको थियो ।

फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको ती अधिकृतले बताए ।

आमा छोराको शव सडेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, घटनाबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने छ ।

साथै घरको अन्तिम तलाको ढोका छेउमा सुदिप मृत भेटिएका थिए भने उनको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको अधिकारीहरुले बताए ।

उनले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

सम्बन्धित समाचार

भक्तपुरमा ३ शव घरभित्र भेटियो, हत्याको आशंका

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्