कागेश्वरी मनोहरामा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते



काठमाडौं : जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–९ महाङ्टारस्थित एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते भएका छन् । विस्फोटमा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते भएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विस्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ ।

शनिबार बिहान ६ बजे भान्सा कोठमा ग्यास सिलिण्डर विस्फोट भएको देखिएको एसएसपी ज्ञवालीले जानकारी दिए । घाइते जोशीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्