चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि



चितवन : चितवनमा थप ८७ जना नयाँ कोरोना संक्रमित थपिएको छ । यससँगै चितवनमा संक्रमितको संख्या १२ सय पुगेको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

थपिएका संक्रमितमध्ये भरतपुर महानगरपालिका ५० पुरुष र २३ महिला छन् । त्यस्तै कालिका नगरपालिकाका ६ पुरुष र २ महिला छन् ।

खैरहनीका २ महिला र २ पुरुष छन् भने रत्ननगरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्