यस्ता छन् बहुपयोगी मेवा प्रयोगको फाइदा



एजेन्सी : हामीले मौसमअनुसार विभिन्न फलफूल खाने गरेका छौं। फलफूलले मानिसको स्वास्थ्यमा फाइदा गर्ने त छँदै छ। विभिन्न खाले रोगको उपचारमा पनि सहयोग गर्छ। मेवा गर्मी महिनामा हुने फल हो। मेवालाई भिटामिन ‘सी’ को भण्डार मानिन्छ। काँचो वा पाकेको दुवै किसिमले यसलाई खान सकिन्छ। बहुपयोगी मेवाका यस्ता छन् फाइदा :–

१. मेवालाई फेस प्याकको रुपमा पनि प्रयोग गर्न सकिन्छ, यसले मरेको छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। 

२. कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ। यसका भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयघात हुने सम्भावना कम हुन्छ।

३. मेवाको बियाँ पेटको रोगको लागि औषधिको रुपमा प्रयोग हुन्छ। यसले पेटका जुका तथा परजीवी नष्ट गर्छ। 

४. यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउन पनि मद्दत गर्छ।

५. गर्भवती महिलामा बिहानीपख देखिने वाकवाकीको समस्या कम गर्छ, बिहान एउटा टुक्रा मेवा खानाले वाकवाकी र अरुचि हट्छ। 

६. कपालमा यसको प्रयोग गर्दा चाया हटाउन सहयोग गर्छ।

७. रजस्वला नियमित गर्न सहयोग गर्छ। 

८. मेवाको दानामा फ्याट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छन। त्यही भएर मेवाको दाना पनि खाने गर्नुपर्छ।

९. आन्द्रामा लागेका प्यारासाइटलाई मार्ने क्षमता पनि मेवाको दानामा हुन्छ। मेवाको दाना र महसँगै खाने गरेमा आन्द्रामा लागेका प्यारासाइट दिशामार्फत बाहिर निस्किन्छ। ३० वटा मानिसमा परीक्षण गर्दा २३ जनाको आन्द्राबाट मेवाको दाना खाँदा प्यारासाइट बाहिर निस्किएको थियो।

१०. मेवामा क्यान्सरबाट जोगाउने गुण पनि हुन्छ। यसका लागि मेवा दानाको फाँको मुखमा हालेर सीधै खाने। यदि यसको स्वाद राम्रो लाग्दैन भने यसलाई सलादमा छर्किएर पनि खान सकिन्छ।

प्रतिक्रिया दिनुहोस्