बोक्रासहित स्याउ खानुका यी हुन् फाइदा



एजेन्सी : बाह्रै महिना बजारमा पाइने स्याउ स्वास्थ्यका लागि फाइदाजनक छ । यसबाट हामीले स्वास्थ्यको लागि आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । स्याउ बोक्रासहित खानुका फाइदा पनि छ । ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ ।

फाइबरयुक्त स्याउमा भरपूर फाइब्रोन्युट्रिएन्ट पाइन्छ, जुन हृदयका लागि फाइदाजनक मानिन्छ । स्याउमा एन्टि-अक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुती प्रदान गर्नुका साथै भाच्चिनबाट समेत बचाउँछ । केही मानिस बोक्रासहित खान रुचाउँछन् भने केही बोक्रा झिकेर खान रुचाउँछन् ।

बोक्रासहित स्याउ खानुका यस्ता छन फाइदा :-

– शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ ।

– प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टि-अक्सिडेन्ट हुन्छ त्यसैले यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ ।

– शरीरमा रहेको पिएचको मात्रालाई नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ ।

– कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ ।

– मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

– मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ ।

– मोटोपन हटाउन सहयोगी हुन्छ । हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना हुँदैन ।

– ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्