रेशम चौधरीलाई रिहा गर्न जसपाको माग



काठमाडौं : जनता समाजवादी पार्टील रेशम चौधरीको मुद्दा खारेज गरी सरकारले यथाशिघ्र रिहा गर्नुपर्ने बताएको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा हाल जेलमा राखिएका जसपाका नेता चौधरीलगायतका नेता तथा कार्यकर्ताहरु माथि सरकारले लगाएको मुद्दा खारेजगरी चौधरीलाई यथाशिघ्र रिहा गर्नुपर्ने बताएका हुन् ।

‘जनआन्दोलन, सशस्त्र विद्रोह–जनयुद्ध तथा ऐतिहासिक मधेश जनविद्रोह र थरुहट आन्दोलन लगायतका विगतमा भएका संघर्ष र बलिदान कै परिणाम स्वरुप मुलुकमा राजनीतिक परिवर्तन भए संघीउ लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको हो,’ जसपा अध्यक्षद्वय द्वारा विज्ञप्तिमा लेखिएको छ ।

साथै उक्त आन्दोलनहरु खास गरी मधेश–थरुहट आन्दोलनमा सहभागि भएका केही नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउने धान सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अझैसम्म जारी रहिरको यस्ता कार्य तत्काल बन्द गर्न समेत जसपाले सरकारसँग माग गरेको छ ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्