अमेरिकामा एकैदिन थप ३१ हजारभन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी : अमेरिकामा थप ३१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार पछिल्लो २४ घण्टामा ३१ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६७ लाख ८ हजार ४५८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३९ लाख ७४ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍३४ हजार ९८९ जनामध्ये १४ हजार ११३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३९२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९८ हजार ५२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्