भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा मूल्य बढ्यो



काठमाडौं : भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको मूल्य आकाशिएको छ । भारतले प्याज निर्यात रोकेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गर्दा नेपालमा प्याजको कृत्रिम अभाव सिर्जना भएको छ ।

भारतबाट भदौ २९ गतेदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु–प्याजको होलसेल व्यापार गर्दै आएका दधिराम उप्रेतीले भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि पाउनै छोडेको बताउँछन् ।

अहिले व्यापारीहरुले एक किलो प्याज ८० रुपैयाँभन्दा बढीमा विक्री गरिरहेका छन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।

यता भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्