आन्तरिक हवाई उडान, लामो दूरीको यातायात र होटल असोज १ मा खुल्दै



काठमाडौंः सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी तथा आन्तरिक उडान र होटल सञ्चालन गर्न दिने भएको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइने छ । यात्रु राख्दा क्षमताको ५० प्रतिशतद मात्र राख्नु पर्नेछ भने एउटा लहरमा एक जना मात्र यात्रु बस्नु पर्ने भएको छ ।

यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनु पर्नेछ । यस सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसैगरी होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाट खुला गर्ने भनिएको छ । सोमबारको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय पनि गरेको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने छ भने मास्क, भाइजर अनिवार्य छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्