धरानमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु



सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भदौ ३० गते प्रतिष्ठान भर्ना भएका सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान ६ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार २८ भदौमा कोरोना पोजेटिभ देखिएका पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

प्रकशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्