सुनको मूल्य स्थिर



काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार पनि सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोलामा एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्