‘पानी पिउने बहाना लिएर’ रियाशा भेट्न पुगे दीपक



काठमाडौँ : गायक कमल खत्रीको ‘पानी पिउने बहाना…’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सुमन योञ्जनको शब्द रहेको गीतमा गायक खत्रीले नै संगीत भरेका छन् ।

रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । नितिन चन्दको निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियोमा मोडल दीपक घिमिरे, विशाल रेग्मी, गायक खत्रीको अलवा अभिनेत्री रियाशा दाहाल फिचर्ड छन् ।

रुपेश थापाको छायांकन तथा कलर करेक्सन रहेको भिडियोमा विशाल महराले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्