बहराइनका राजकुमार खलिफा काठमाडौंमा



काठमाडौं : बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफा काठमाडौं आइपुगेका छन् । पालको खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न राजपरिवार अलिफासहित १८ जनाको टोली काठमाडौं आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । राजकुमारका टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार टोली बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे विशेष विमानबाट नेपालका लागि प्रस्थान गरेको थियो ।

आरोहणको जिम्मा नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले लिएको छ । सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किने छ ।

सम्बन्धित समाचार

हिमाल आरोहणका लागि बहराइनका राजकुमार अलिफा आज नेपाल आउँदै

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्