आज नेप्से ५.३६ अंकले बढ्यो



काठमाडौंः शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । ५.३६ अंकले बढेर १५ सय ४१.४० मा पुगेको हो ।

बुधबार बैंकबाहेक सबैजसो समूहको शेयर बढेको छ । होटल समूहको शेयर १ सय ४२ अंकले, जीवन बीमाको ७२ अंकले, जलविद्युत ५४ अंकले र निर्जीवन बीमा कम्पनीको शेयर ४२ अंकले बढेको छ ।

१ सय ९४ कम्पनीका ६३ लाख ९० हजार कित्ता शेयर १ अर्ब ८४ करोड ५६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै ३ वटा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । समग्र शेयर बजार बढे पनि एनआईसी ब्यालेन्स फन्ड र लक्ष्मी इक्युटी फन्डका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्