सिरहा कारागारका ५९९ मध्ये ५ सय कैदीबन्दी कोरोना संक्रमित



जनकपुरधाम: सिरहा कारागार कोरोनाको ‘हटस्पट’ बनेको छ । क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कारागार सिरहाकी प्रमुख बबिता महतोले बताईन् ।

जिल्ला कारागार सिरहामा १ सय ५० जना कैदी राख्ने क्षमता भएपनि अहिले सो कारागारमा ५ सय ९९ जना कैदीबन्दीहरु रहेका छन् । संक्रमित कैदीबन्दीहरु मध्ये २ सय ७७ जना पुरुष, २० महिला र २ जना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताईन् । उनका अनुसार जम्मा कैदी मध्ये ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको र बाँकी कैदीको रिपोर्ट नेगेटिभ आएको छ ।

सबै संक्रमित कैदीहरु कारागारमै रहेका छन् । सो कारागारमा साउन २४ गते २० वर्ष देखि ५५ वर्ष सम्मका ५९ जना पुरुष कैदीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । साउन २६ गते २ वर्ष देखि ६० वर्ष सम्मका १८ महिला र २ वर्षीय १ बालक गरी १९ जनामा संक्रमण पुष्टि भएको थियो भने साउन २९ गते १४ वर्ष देखि ३५ वर्ष सम्मका १५ जना पुरुष तथा साउन ३० गते १ वर्ष देखि ६५ वर्ष सम्मका १ सय ४७ पुरुष कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सिरहामा आज ९बुधबार० २ सय ५९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ७७ पुगेको छ भने कोरोना संक्रमित भई ११ जनाको मृत्यु समेत भईसकेको छ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्