पीसीआर परीक्षणका लागि लिएका स्वाब सुरक्षित स्टोर गर्न निर्देशन



काठमाडौं : स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि लिएका स्वाब सुरक्षित तरिकाले स्टोर गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले रिपोर्ट पोजेटिभ देखिएकाको एक र नेगेटिभ देखिएकाको ३ महिनासम्म सुरक्षित तरिकाले स्टोर गर्न सबै अस्पताल तथा प्रयोगशालालाई निर्देशन दिएको जानकारी दिए । परीक्षणको रिपोर्टमा व्यक्तिको स्थायी ठेगाना नभइ, बस्दै आएको ठेगाना राख्न पनि उनको आग्रह छ ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्