भोलिदेखि अनुमति-पत्र (लाइसेन्स) वितरण हुने



काठमाडौं : भोलि (बिहीबार) देखि सवारी चालक अनुमति–पत्र (लाइसेन्स) वितरण हुने भएको छ ।

लकडाउन सुरु भएदेखि स्थगन गरिएको लाइसेन्स वितरण प्रक्रिया बिहीबारदेखि सूचारु गर्न लागिएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र ठूलो भर्याङका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए ।

यातायात कार्यालयले सन् २०२० जुलाईसम्ममा ट्रायल पास भएर लाइसेन्सको रसिद काटेका सेवाग्राहीलाई लाइसेन्स वितरण सुरु गर्न लागेको हो ।

सेवाग्राहीको बढी भिडभाड भएकाले स्थानीयबाट विरोध भएकाले कार्यालयले सेवामा केही कटौती गरिएको जानकारी दिएको छ । कार्यालयले एक दिनमा १०० र १०० सेवाग्राहीलाई स्मार्ट लाइसेन्स र लाइसेन्स नविकरणको सेवा दिँदै आएको छ ।

अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न कार्यालयले दुई साता भित्रमा ई-टोकनको व्यवस्था गर्न लागेको छ । सेवाग्राहीले अनलाइनका माध्यमबाट ई-टोकन लिन सक्ने छन् ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्