रूस-भारतलाई कोरोनाविरूद्धको १० करोड डोज भ्याक्सिन दिन सहमत



काठमाडौंः रूसले भारतीय कम्पनीलाई कोरोनाविरूद्धको १० करोड डोज भ्याक्सिन दिने भएको छ ।

रूसको सार्वभौम धन कोषले भारतको डा. रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई स्पुतनिक-भी नामक भ्याक्सिनको १० करोड डोज दिन सहमत भएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार अहिले तेस्रो चरणको परीक्षणका लागि मस्कोले अन्य देशमा भ्यक्सिन वितरण गर्ने योजनालाई तीव्र गतिमा अघि बढाएको छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ)ले भारतीय निर्मातासँग मिलेर ३० करोड भ्याक्सिन उत्पादन गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई १० करोड भ्याक्सिन दिने सम्झौता भएको छ । भारतको शीर्ष स्थानमा रहेको औषधि कम्पनी डा. रेड्डिजले भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल परीक्षण गर्नका लागि लिएको आरडिआइएफले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि कम्पनीले नियामक स्विकृति लिन बाँकी छ । भ्याक्सिनको डेलिभरी भने सन् २०२० को अन्तिममा हुनेछ । कोरोना भाइरस विरूद्धको खोपलाई अनुमोदन गर्ने रूस पहिलो राष्ट्र बनेको थियो । यसले तेस्रो चरणको परीक्षण गर्न बाँकी हुँदा राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिनलाई अनुमोदन गरेका थिए । एजेन्सी

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्