कुलमानको समर्थकले आज पनि प्रदर्शन गर्ने



काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्नुपर्ने भन्दै काठमाडौंमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।

आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । आज (बिहीबार) पनि उनका समर्थकहरु प्रदर्शमा उत्रिने तयारी गरिरहेका छन् ।

बिहीबार काठमाडौंको बबरमहलमा प्रदर्शन हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा परिएको छ भने प्रहरीको बाक्लो उपस्थिति छ ।

‘उज्यालो नेपालको नायक कुलमान घिसिङ, तिमी छौ र पो उज्यालो छ, जनता भन्छन्–फेरी कुलमान,’ लगायतका प्लेकार्ड राखिएका छन् ।

यसअघि बुधबार पनि काठमाडौको माइतीघरमा कुलमानका समर्थकहरुले प्रदर्शन गरेका थिए ।

घिसिङको भदौ २९ गते ४ वर्षे कार्यकाल पूरा भएको थियो ।

सम्बन्धित समाचार

कुलमानलाई पुनर्नियुक्तिको मागसहित उपत्यकामा प्रदर्शन

प्रकाशित : असोज १, २०७७

प्रतिक्रिया दिनुहोस्