घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने माग गर्दै युवा, प्रदर्शनमा प्रहरीको लाठी चार्ज



काठमाडौंः कुलमान घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने माग रहेको र प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले धरपकड गरेको प्रदर्शनकारीले जनाएका छन् ।

आज (बिहीबार) बिजुली बजार पुलबाट माइतीघर मण्डलातर्फ मोटरसाइकल र्यालीमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पार्दा तनाव सिर्जना भएको थियो ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेकोले केही घाइते भएका छन् । केहीलाई पक्राउ गरिएको छ । मोटरसाइकलमा आएकाहरुलाई तितरवितर पारेर साँचो प्रहरीले लिएको छ ।

त्यो बाटो हुँदै जाने मोटरसाइकलाई प्रहरीले रोकेर केरकार गरेको छ । प्रदर्शनमा नभई आफ्नो नियमित कामका लागि मोटरसाइकलमा हिँडेकाहरुलाई पनि प्रहरीले रोकेर सोधपुछ गरेको थियो ।

हन्ड्रेड ग्रुपका युवाहरुले बुधबार बेलुका राँके जुलुस निकालेका थिए भने बिहीबार मोटरसाइकल र्याली गरेका छन् । कुलमानको कार्यकाल आइतबार सकिएको थियो । उनलाई सरकारले दोर्होयाउने संकेत नदेखिएपछि दबाब दिन प्रदर्शन भैरहेका छन् ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्