संविधान दिवसको ‘अनलिमिटेड अफर’



काठमाडौंः नेपाल टेलिकमले संविधान दिवसको अवसरमा विशेष अफर ल्याएको छ ।

कम्पनीले असोज ३ गतेलाई लक्षित गरेर अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड-अन प्याक अफर ल्याउन लागेको हो ।

यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ ।

प्याक खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्