कालिमाटीबाट ४ आरोपी हत्कडीसहित फरार



काठमाडौं : महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएका ४ जना आरोपी प्रहरी कार्यालयबाट भागेका छन् ।

गएराती सोधपुछका लागि ल्याएका ४ जना आरोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।

प्रहरी घेरा तोडेर हत्कडी सहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।

हत्कडी लगाएरै थुनुवा कसरी भागे भन्नेबारे शंका उब्जिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । कालिमाटी प्रहरी वृत्त इन्चार्जको कमाण्ड केही समयअघि डिएसपी अपिलराज बोहराले समालेका थिए ।

यसअघि बोहरा सिंहदरबार वृतको इन्चार्ज हुँदा पनि हिरासतमा साढे ३३ किलो सुनकाण्डका आरोपीको रहस्यम मृत्यु भएको थियो ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्