देशभर एकै दिन दुई हजार २० जनामा कोरोना संक्रमण



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४५८ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा दुई हजार २० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार एकै दिन संक्रमण देखिएको यो र्संख्या धेरै हो । यस्तै आज देशभर सात जना संक्रमितको मृत्यु भएको छ । देशभर संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ । संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्