बारामा गोली हानाहान



वीरगंजः बाराको जैतापुरमा काठ तस्कर र वनरक्षक टोलीबीच गोली हानाहान भएको छ भने एक जना तस्कर पक्राउ परेका छन् ।

राको जितपुरसिमरा उपमहानगरपालिका-१७ जैतापुरमा भदौ ३१ गते राति १ बजे तस्करले र वन रक्षकमाथि गोली प्रहार गरेको थियो ।

त्यसपछि वन रक्षक टोलीले पनि गोली प्रहार गरेको थियो । गोली हानाहानमा मानवीय क्षति नभए पनि एकजना काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा करैयामाई गापा-४ का इस्लाम मियाँ रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।

प्रकाशित : २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्