जैसवालको मृत्यु शंकास्पद होइनः वीर अस्पताल



काठमाडौं : कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद नभएको केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले दावी गरेको छ ।

आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले असोज ३ गते राति १०ः ५५ बजे उपचारको क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य भएको जिकिर गरेको हो ।

पार्किडसन र उच्च रक्तचापबाट ग्रसित जैसवाललाई अचानक असोज ३ गते राति ९ः ४५ बजे श्वास प्रश्वासमा समस्या आएपछि बन्दीगृहभित्रबाट केन्द्रीय कारागार अस्पतालमा पठाइएकोमा त्यहाँबाट उनलाई थप उपचारका लागि वीर अस्पताल पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

थप उपचारका लागि उनलाई वीर अस्पताल पुर्याइए पनि उनी जीवितै रहेको कुनै संकेत नदेखिएपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । उपचारको क्रममा उनको मृत्यु भएपछि पोष्टमार्टमका लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

विगत तीन दिनदेखि मृतकको शव शवगृहमा रहेका कारण शव सड्ने प्रक्रिया सुरु भइसकेका कारण शवमा फोकाहरु देखिनु, सुन्निनु मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले बताए । शव रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका संकेतहरु देखिनु सामान्य प्रक्रिया भएको डा.सेन्चुरीले बताए ।

मेडिकल अवस्थालाई नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा कारागारभित्र वा अस्पतालमा उनको हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता समाचार आएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । बाहिर आएका विभिन्न किसिमका सूचनाहरुमा यथार्थ नभएको र कारागारभित्रको सीसीटिभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत साबित भएको विज्ञप्तिमा उल्लेख छ । अन्य रिपोर्ट पोस्टमार्टमपछि मात्रै आउने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो