ऊर्जामन्त्री पुनको पीसीआर रिपोर्ट नेगेटिभ



काठमाडौं : ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

उनको सुरक्षामा खटिएका एक अंगरक्षकमा कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा रहेर ५ दिनपछि पीसीआर परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो ।

यस्तै परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि पोजेटिभ भएका अंगरक्षकको पनि दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताएका छन् ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्