केएल राहुलसँग कोहलीको टिम ९७ रनले पराजित



इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर (आरसीबी) निरीह साबित भयो । उसले पञ्जाबसँग ९७ रनको करारी पराजयको सामना गर्नुपर्यो ।

आरसीबीका कप्तान बिराट कोहलीको कमजोर प्रदर्शनले गर्दा बंगलोरले यो नतिजा व्यहोर्नु परेको थियो । उनैले पञ्जाबका कप्तान केएल रावललाई दुई पटक जीवन दान दिएपछि आरसीबीका अगाडि चुनौतिको पहाड खडा भएको थियो ।

पञ्जाबका कप्तान रावलले ६९ बलमा ७ छक्का र १४ चौकाको मद्दतले १३२ रन बनाएर जीतको बलियो आधार बनाएका थिए ।

मोयांक अग्रवालले २६ र निकोलस पुरनले १७ रन बनाउँदा निर्धारित ओभरमा टिमको स्कोर २०६ रनको बनेको थियो ।बंगलोरका लागि शिवम् दुबेले २ र चाहलले १ विकेट लिएका थिए ।

२०७ रन चेन्ज गर्न आएको बंगलोर सुरुकै ओभरदेखि धरासायी बन्न सुरु भएको थियो । पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै अर्को ओभरमा जोश फिलिप खाता नखोली आउट भए ।

तेस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले पाँच बलमा केबल एक रन बनाउन सके । उनी शेल्डन कोट्रेलको बलमा क्याच आउट भए ।

लगातार तीन विकेट गुमेपछि बैंगलोर संकटमा थियो । पिचमा एरोन फिन्च र एबी डिभिलियर्स थिए । तर फिन्च २१ बलमा २० रन बनाएर आउट भए । एबी डिभिलियर्सलाई साथ दिन वाशिंगटन सुन्दर आए । तर डिभिलियर्स पनि धेरै टिक्न सकेनन् ।

उनले १८ बलमा २८ रन बटुले । नौ ओभरमा पाँच विकेटको क्षतिमा बैंगलोरले ६० रन बनाउन सक्यो । पिचमा रहेका वाशिंग्टन सुन्दर र शिवम दुबेलाई स्कोर उकास्ने चुनौति थियो । तर शिवम दुबे १२ बलमा १२ रन बनाएर ग्लेन म्याक्सवेलको बलमा आउट भए ।

शिवम दुबेपछि क्रिजमा ब्याटिङमा आएका उमेश यादव खाता नखोली आउट भए । लगत्तै वाशिंगटन सुन्दर पनि आउट भए । उनले २७ बलमा ३० रनको योगदान गरे ।
एकपछि अर्को विकेट झर्दै जाने क्रममा १७ ओभरमै सबै विकेट गुमाउँदा उसको खातामा मात्र १०९ रन भयो ।

एरोन फ्रिन्च २०, एबीडिभिल्र्स २८, वासिंगटन सुन्दरले ३० र शिवम् दुबेले १२ रन बनाउनुबाहेक अरु कसैले दोहोरा अंकको रन जोड्न सकेनन् । पञ्जावका लागि रवि विश्वनी र मुरुगान अश्विनीले ३–३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्