ललितपुर महानगरपालिका मदिराको होडिङ्ग बोर्ड हटाउँदै



काठमाडौंः ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका मदिराका विज्ञापनको होडिङ्ग बोर्ड हटाउन शुरु गरेको छ ।

महानगरपालिकाले बैठक गरी आज (शुक्रबार) बाट आफ्नो क्षेत्रमा भएका मदिराका विज्ञापन हटाउने निर्णय गरेको हो । ललितपुर महानगरपालिकाका नगरी प्रहरी प्रमुख सिताराम हाछेँथुले मदिराका विज्ञापन गर्न नपाइने बताएका छन् ।

उनले भने,‘कानुन विपरित रहेका सबै मदिराका होडिङ्ग बोर्डहरु हटाइन्छ, त्यो शुरु भएको छ, शुरुमा जावलाखेलबाट हटाउने काम सुरु भएको छ, पुल्चोक, कुपन्डोल, कुमारपाटी, लगनखेल क्षेत्रमा पनि हटाइन्छ ।’

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्