वीरगंजमा कडा सुरक्षा घेराभित्र दुई चार जनाले मनाए संविधान दिवस



वीरगंज । बुधबार संविधान दिवस हर्षोउल्लासका साथ मनाउनुपर्नेमा  वीरगंजमा कडा सुरक्षा घेरा भित्र दुई चार जनाको उपस्थितिमा मनाईएको छ ।

 सरकारी मूल समारोह समितीले वीरगंजको घण्टाघरबाट निकाल्ने भनिएको विशेष जुलुशमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहभागीता मात्रै रहेको थियो भने जनसहभागितामा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सराबगी र पत्रकार महासंघका अध्यक्ष श्याम बन्जराको मात्रै उपस्थिती रहेको थियो । 

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, प्रहरी उपरीक्षक रेवती ढकाल, महानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत डा.भिष्मकुमार भुसाल, लगायतको  झिनो सहभागीताले संबिधान दिवसलाई नै गिज्याईरहेको थियो ।

 स्वयंम् कार्यालय प्रमुखहरु समेत गाडीमा बसेर कार्यक्रम स्थल आदर्शनगर रंगशालामा जानुले समेत नगरबासीहरुले संविधान दिवस मनाएको दृष्यलाई नियालीरहेका थिए ।

 यता संबिधान दिवसलाई कालो दिवसको रुपमा मनाउने तयारीमा राजपा पर्साका नेता तथा कार्यकर्ताहरु जुटेका छन् ।

 कार्यक्रममा सहभागी हुन राजपका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर मंगलबार वीरगंज आईपुगेका थिए । 

आज वीरगंजमा ठाकुरको नेतृत्वमा संविधानको विरोध गर्दै १ बजे घण्टाघरबाट कालोपट्टी सहित मोटर साईकल र्‍याली निकाल्ने तथा २ बजे घण्टा घरमा विरोध सभाको आयोजना गरिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्