बारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु



बारा : बाराको पथलैया-निजगढ सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका-१ मा बसले आइतबार साँझ ठक्कर दिँदा स्कुटीमा सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएकोइ छ । जंगलको बाटोमा पर्ने दुधौरा पुल नजिक दुर्घटना भएको हो । 

निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं.२-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक बाराकै निजगढ नगरपालिका-१० लाल गाउँका २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २२ वर्षीया पत्नी ज्योती स्याङ्तान र नाम नखुलेको उनका १ वर्षीय छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बस चालक फरार भएकोले खोजी भइरहेको उनले बताए । दुर्घटनामा परेका दुबै गाडी प्रहरीको नियन्त्रणमा छ ।

घटना कसरी भयो भन्ने अनुसन्धान भइरहेको उनले बताए । कान्तिपुर दैनिकबाट

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्