स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन काठमाडौंमा हुँदै 



काठमाडौं :‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन बुधबारदेखी काठमाडौंमा सुरु हुदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामाहुन लागेको  तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सहभागिता रहनेछ ।

सम्मेलनमा स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवद्र्धन, प्रविधि र आवश्यक मेडिकललगायतका बिषयमा छलफल हुने परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले जानकारी दिए ।परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्