मोरङमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि



मोरङ : मोरङमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । योसँगै मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्