अक्सिजनको भरमा होम आइसोलेसनमा बसेकी गर्भवती महिला अस्पताल भर्ना



वीरगञ्ज : नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया संक्रमित गर्भवती महिलालाई आज अस्पताल भर्ना गरिएको छ । उनलाई आज नारायणी अस्पताल भर्ना गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएकी उनलाई नेशनल मेडिकल कलेजको कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती होम आइसोलेसनमा थिइन् ।

सोमबार बिहान उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ ।

शनिबार रातिदेखि आइतबार बिहानसम्म अक्सिजनको भरमा बसेकी उनलाई आइतबार बेलुकी कोभिड वारियर्सको टोलीसँगै घरमै पुगेकी प्रसूति रोग विशेषज्ञ डा. दिप्ती यावदले उनको अवस्था सामान्य रहेको बताएकी थिइन् ।

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्