आज पुनः नेप्सेमा गिरावट



काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर १ हजार ५६०.८३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको हो ।

कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ ।

विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि हुँदा बैंकिङ ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१, निर्जीवन बीमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, लघुवित्त ७.६१, जीवन बीमा ५२.९१ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९ करोड ३२ लाख ६३ हजार ४५६ बराबरको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनी ६ करोड ४० लाख ३३ हजार ४४५, अरुण भ्याली हाइड्रोपावर कम्पनी ५ करोड ९५ लाख ६३ हजार ८०५, प्रभु बैंक ५ करोड २७ लाख ८ हजार ५२६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ४ करोड ९९ लाख ४ हजार ४५९ र कुमारी बैंक ४ करोड ८३ लाख २० हजार ३४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहको छ ।

त्यस्तै कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.६३, सेन्ट्रल फाइनान्स कम्पनी ८.११, रिलायन्स फाइनान्स लिमिटेड ७.६४, सपोर्ट लघुवित्त ५.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ४.३१ प्रतिशतले कमाएको छ । पाँचथर पावर कम्पनी ५.१७, गुर्खाज फाइनान्स ४.८३, दिव्यश्वरी हाइड्रो पावर ४.३५, आँखु खोला जलविद्युत् कम्पनी ३.८१ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाएका छन् । रासस

प्रकाशितः १२ असोज,

प्रतिक्रिया दिनुहोस्