हेर्नुहोस, आजको राशिफल !



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

मनमा हर्ष,उमङ्ग र उत्साह छाउने छ । स्वादिष्ट भोजन पाइने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । खर्चिलो यात्रा रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रमणीय र सुखद् यात्राको योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्ने छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

इच्छा र आकांक्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

कार्यहरू अधुरै रहलान् । प्रेममा मनमुटाव आउँला । प्रतिकूल समयले घेरेको छ, संयम रहनुहोला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रमणीय र सुखद यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्ने छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्ने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) 

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् । पारिवारिक सहयोग मिल्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । 

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्