नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु



विराटनगर : सुनसरीका कोरोना संक्रमित पुरुष विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सुनसरीको हरिनगरा–२ का कोरोना संक्रमित ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

भेन्टिलेटरमा उपचाररत ती पुरुषको उपचारकै क्रममा बिहान ७ः३० बजेतिर मृत्यु भएको जानकारी अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले दिए ।

श्वास फेर्न गाह्रो भएकोभन्दै पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालको फोक्सो वार्डमा भर्ना गरिएको दाहालले बताए । अस्पताल भर्ना भएका पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा उनको सोमबार रिपोर्ट पोजेटिभ आएको थियो ।

चिकित्सकलाई उद्धृ गर्दै दाहालले दिएको जानकारी अनुसार मृतकमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या थियो ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्