डलर देखाई लुटपाट गर्ने दुईजना पक्राउ



भादगाउँ : प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ।

मंगलबार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट तीन लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल दुई थान, २२० सिसिको पल्सर मोटरसाइकल एक थान र पर्स दुई थानसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एकजनालाई डलर साट्ने बहानामा बाँकी लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुईजनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

गत साउनदेखि डलर साट्ने बहानामा यहाँ लुटपाट भएको यो छैठौँ घटना हो । सस्तो दरमा डलर साट्ने बहानामा गएको साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा तीन लाख, वडा न–५ मा साउन १९ गते चार लाख, वडा–२ मा गत भदौ ३१ गते पाँच लाख, वडा–९ बोडेमा यही असोज ६ गते नौ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्