नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु



काठमाडौं : नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु भएको छ ।

कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा.हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो ।

डा.सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा.रविन खड्काले जानकारी दिए । ५८ वर्षीय डा.सापकोटा ११ औं तहका सरकारी डाक्टर हुन् ।

प्रकाशित :५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्