धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु



कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ शान्तिपुरमा धान थ्रेसिङ गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसिङ गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ की ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो ।

“खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।” उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए ।

प्रकाशितः १६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्