सिरहाका कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु



सिरहा : सिरहाका एक कोरोना भाइरस (कोभिड(१९) संक्रमित पुरुषको एम्बुलेन्समै ज्यान गएको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर ( २ का ५५ वर्षीय पुरुषको ज्यान गएको हो । विराटनगरको नोबेल मेडिकल कलेजबाट थप उपचारका लागि विराटतर्फ लग्ने क्रममा ती पुरुषको एम्बुलेन्समै ज्यान गएको बुझिएको छ ।

उनको गत सोमबारदेखि नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा बिहीवार साँझ उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो । आइसोलेसनमा लैजान लाग्दा एम्बुलेन्समै उनको ज्यान गएको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । उनका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो ।

प्रकाशितः १६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्