नेपालमा थपिए अहिलेसम्मकै उच्च संक्रमित,११ जनाको मृत्यु



काठमाडौं : आज नेपालमा अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय २२ जना संक्रमित थपिएसँगै ३ हजार ३ सय ७ डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

शुक्रवार ४ महिला र ७ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा मोरङका २७ वर्षीय पुरुष, ललितपुरका ३२ र ७० वर्षीय पुरुष, भक्तपुरकी ६१ र ५१ वर्षीया महिला, काठमाडौंकी ६७ वर्षीया महिला, मकवानपुरकी ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ । संक्रमित हुनेहरूबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

मन्त्रालयको सूचनामा पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ७ सय परीक्षणमा २७ सय २२ संक्रमित भेटिएको उल्लेख छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ हरेको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १६ सय ३८ छन् । काठमाडौं जिल्लामा १२ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय ७ रहेको छ ।

यो संख्या पनि हालसम्मकै उच्च हो । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ रहेको छ ।

प्रकाशितः १६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्