न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण, सर्वोच्चका अधिकांश इजलास स्थगित



काठमाडौं : सर्वोच्च अदालतमा आइतबारको अधिकांश इजलास प्रभावित भएका छन् ।

सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको अधिकांश इजलास स्थगित भएका हुन् ।

आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ भने अन्य सबै इजलास स्थगित भएका छन् ।

शनिबार प्राप्त रिपोर्टमा एक न्यायाधीश, इजलास अधिकृत र अन्य कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो ।

संक्रमितको सम्पर्कका रहेका न्यायाधीश आइसोलेसनमा बसेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण तीव्र गतिमा बढिरहेको छ । हरेक दिन भेटिने संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको देखिएको छ ।

प्रकाशित : असोज १८, २०७७

प्रतिक्रिया दिनुहोस्