मकवानपुरको भीमफेदीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते



मकवानपुर : मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६ स्थित उकालोमा दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् ।

घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असोज १८, २०७७

प्रतिक्रिया दिनुहोस्