काँग्रेसका थप तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण



काठमाडौं : नेपाली काँग्रेसका थप तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये थप तीन जना केन्द्रीय सदस्यको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमणका कारण काँग्रेसले केन्द्रीय कार्यालय पनि आज आइतबारदेखि २२ गतेसम्मका लागि बन्द गरेको छ । आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक समेत स्थगित भएको छ ।

शनिबार सातजना केन्द्रीय सदस्यसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरु र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोले तत्कालका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार स्थगित बैठक २४ गते बस्नेछ ।

प्रकाशित : असोज १८, २०७७

प्रतिक्रिया दिनुहोस्