हेल्थ असिस्टेन्ट संघमा किचलो 



काठमाडौं: हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले अध्यक्ष दाताराम अधिकारीलाई पदबाट बर्खास्त गरेको छ । बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्को अध्यक्षतामा आज बसेको संघको बैठकले अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । समायोजनको इस्युमा अडान नलिएको र हेल्थ असिस्टेन्टको विरुद्धमा हुने गरी सरकारसंग सहमति गरेको आरोप लगाएको छ ।

यता अधिकारीले भने आफूलाई कारवाही गरेको भनेर हल्ला फिजाइएको बताए ।

नले कार्यसमितिको बहुमत सदस्य आफूसंगै रहेको भन्दै उपाध्यक्षको बैठकले गरेको भनिएको निर्णय आधिकारिक नभएको बताए ।

बरिष्ठ उपाध्यक्ष खड्काले दुई दिन अघि चार जना केन्द्रीय सदस्यले अध्यक्षमाथि अविश्वासको प्रस्ताव राखेपछि स्पष्टीकरण सोधेको तर जवाफ दिन नआएपछि आज बसेको बैठकले बहुमतको आधारमा अधिकारीलाई अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको बताए । यता बर्खास्तमा परेका अधिकारीले बहुमत सदस्य आफूसंग नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्