हत्यारा केपी अाेलीकाे सरकारलाई छठ पछि लखेट्छौ : राजेन्द्र महतो



महोत्तरी (जलेस्वर) : राजपा नेता राजेन्द्र महतोले केपी अाेली नेतृत्वकाे सरकारलाई छठपछि लखेट्ने बताएका छन् । बुधबार महोत्तरीको जलेश्वरमा पार्टी प्रशिक्षणलाई सम्बोधन गर्दै राजपा नेता राजेन्द्र महतोले वर्तमान सरकालाई संविधान संशाेधन गर्ने शर्तमा अाफूहरुले समर्थन गरेकाे तर आजभोली भन्दै समय व्यतित गर्दै अाएकाले लखेट्नुपर्ने स्थिति अाएकाे बताए ।

नेता महतोले भने, 'यदि यो दुर्इ तिहाइको सरकारले हाम्रो समझदारी अनुसार कार्य न गरे छठपछि भीषण आन्दोलन हुनेछ । देशमा बलात्कार, हत्या, हिंसा बढेको छ तर यो नालायक सरकार केही गर्न सकिरहेकाे छैन ।

 

जनताको आदेश अनुरूप पार्टी एक भएको र जनताको भावना अनुरूपमा अब अगाडि बढ्ने बेलामा राजपा नेपाल रहेको जिकीर गर्दै नेता महतोले अब अाफू र पार्टी प्रतिवद्ध भएर अगाडि बढ्ने समय आइसकेको बताए ।

जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश अझैं लडाइ लड्ने मुडमा नै रहेकाे जिकिर गर्दै पार्टीको प्रत्येक तप्कालाई तयारी रहन निर्देशन समेत दिए ।

 

नेता महतोले पार्टीको सन्दर्भमा बोल्दै भने, 'राजपा नेपाल पार्टी घोषणा मात्र भएको थियो । अब पार्टी बनाउने क्रममा छौं ।' महतोले पार्टीको स्थानीय तहको विषयमा विधान स्पष्ट भइसकेको तर केन्द्रिय कमिटी कस्तो रहने भन्नेबारे गम्भिर छलफल भइरहेकाे जनाए ।  नेता महतोले भने, 'अध्यक्ष मण्डल राख्ने वा नराख्ने त्यसबारे पनि छिट्टै यहाँहरुको भावना अनुकूल नै हुनेछ, ढूक्क रहनाेस् ।'

 

उनले अब सक्रिय सदस्य, साधारण सदस्य लगायत सदस्यता पत्र काट्ने गरी अगाडि बढ्न आग्रह गरे । कार्तिक महिनाभित्रै साधारण सदस्य र सक्रिय सदस्य बनाइसक्नु पर्ने पनि उनले स्पस्ट पारे । दुर्इ महिनासम्म पार्टी सदस्यता अभियानको लागि समय छुट्याएको नेता महताेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्