दक्षिणपन्थी नेतन्याहू पाँचौंपल्ट इजरायली प्रधानमन्त्री बन्ने सम्भावना



जेरुसलेम : इजरायलमा फेरि पनि दक्षिणपन्थी दलले बहुमत पाएका छन्। ९७ प्रतिशत मत गणना भइसक्दा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको सत्तारुढ दल कन्जरभेटिभ लिकुड र उनको दक्षिणपन्थी गठबन्धनले ६५ सिट जितेका छन्। लिकुडले भने ३५ सिट जितेको छ।

‘आजको रात ठूलो विजय रात्रि हो’, ६९ बर्से नेतन्याहूले पार्टीको मुख्यालयमा पार्टी कार्यकर्ताको अभिवादन गर्दै मंगलबार अबेर राति भने।

पूर्वजनरल बेनी गाट्जको धार्मिक दक्षिणपन्थी दल ब्ल्यू एन्ड ह्वाइटले ३५ सिट जितेको छ। उनी प्रतिपक्षमा बस्ने अनुमान छ।

इजरायली संसद् नेसेटका कुल १ सय २० सिटमध्ये लिकुड र ब्ल्यू ह्वाइट गरी बहुमत दक्षिणपन्थीको पोल्टामा परेको हो। यसबाट नेतन्याहूले गठबन्धन सरकारको नेतृत्व गर्दै पाँचौंपल्ट प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ।

यसबाहेक नेतन्याहूको दल लिकुडले यसपल्टको चुनावमा पहिलेभन्दा ४ सिट बढी जितेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्