ओली–प्रचण्डबीच भेटवार्ता, नेकपा सचिवालय बैठक भोलि बस्दै



काठमाडौं : पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक भोलि (मंगलबार) बस्ने भएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।

शनिबार र आइतबार स्थगित भएको सचिवालय बैठक भोलि अपराह्न चार बजेको लागि बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए ।

उनका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ ।

पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

मंगलबार बस्ने बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित : असोज १९, २०७७

प्रतिक्रिया दिनुहोस्